रुकुमका स्थानीय तहबाट ४ जना महिला सदस्य निर्बिरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रुकुमका स्थानीय तहबाट ४ जना महिला सदस्य निर्बिरोध

मेगराज खड्का २३, बैशाख रुकुम ।
रुकुमका ४ ओटा वडामा ३ जना दलित महिला सदस्य र १ जना महिला सदस्यकी उम्मेदवार निर्विरोध निर्बाचित भएका छन । बाँफिकोट गाउँपालिका ७ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएकी पविता कामी, आठविसकोट नगरपालिका ३ मा उम्मेदवारी दिएकी रुपा बिक र त्रिवेणि गाउँपालीका ९ मा उम्मेदवारी दिएकी सीता दमाई निर्बिरोध निर्बाचित भएकी हुन । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालीका १ को महिला सदस्यको लागि उम्मेदवारी दिएकी तुली गिरी महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् । ३ जनाको उम्मेदवारी रद्ध भएको र १ जनाले उम्मेदवारी फिर्ता लिएपछि ४ जना महिला चुनावनै नलडी निर्वाचित भएका हुन् ।

त्रिवेणि गाउँपालिका वडा नम्बर ९ का लागि उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी दलित महिला सदस्यले उम्मेदवारी फिर्ता लिएकी हुन भने बाँफिकोट १ को महिला सदस्यका लागि नेकपा माओवादी केन्द्रकी उम्मेदवार र वडा नम्बर ७ को लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी उम्मेदवारको उम्मेदवारी रद्ध भएको हो । त्यस्तै आठविसकोट नगरपालिका ३ का लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी उम्मेदवारको पनि उम्मेदवारी रद्ध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी खारेज तथा फिर्ता भएपछि उक्त पदका लागि १ जना मात्र उम्मेदवार भएपछि उनिहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत डण्डपानी शर्माले जानकारी दिए । उनिहरु निर्वाचित भएको सम्वन्धीत निर्वाचन अधिकृतको कार्यालयहरुले औपचारिक घोषणा गरेका हुन् । उनिहरुलाई निर्वाचित भएको प्रमाणपत्र भने चुनाव पछि अन्य विजयी संगै प्रदान गरिने छ ।

रुकुमका स्थानीय तहबाट ४ जना महिला सदस्य निर्बिरोध

 

मेगराज खड्का २३, बैशाख रुकुम ।

रुकुमका ४ ओटा वडामा ३ जना दलित महिला सदस्य र १ जना महिला सदस्यकी उम्मेदवार निर्विरोध निर्बाचित भएका छन । बाँफिकोट गाउँपालिका ७ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएकी पविता कामी, आठविसकोट नगरपालिका ३ मा उम्मेदवारी दिएकी रुपा बिक र त्रिवेणि गाउँपालीका ९ मा उम्मेदवारी दिएकी सीता दमाई निर्बिरोध निर्बाचित भएकी हुन । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालीका १ को महिला सदस्यको लागि उम्मेदवारी दिएकी तुली गिरी महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् । ३ जनाको उम्मेदवारी रद्ध भएको र १ जनाले उम्मेदवारी फिर्ता लिएपछि ४ जना महिला चुनावनै नलडी निर्वाचित भएका हुन् ।

रिवेणि गाउँपालिका वडा नम्बर ९ का लागि उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी दलित महिला सदस्यले उम्मेदवारी फिर्ता लिएकी हुन भने बाँफिकोट १ को महिला सदस्यका लागि नेकपा माओवादी केन्द्रकी उम्मेदवार र वडा नम्बर ७ को लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी उम्मेदवारको उम्मेदवारी रद्ध भएको हो । त्यस्तै आठविसकोट नगरपालिका ३ का लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी उम्मेदवारको पनि उम्मेदवारी रद्ध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

उम्मेदवारी खारेज तथा फिर्ता भएपछि उक्त पदका लागि १ जना मात्र उम्मेदवार भएपछि उनिहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत डण्डपानी शर्माले जानकारी दिए । उनिहरु निर्वाचित भएको सम्वन्धीत निर्वाचन अधिकृतको कार्यालयहरुले औपचारिक घोषणा गरेका हुन् । उनिहरुलाई निर्वाचित भएको प्रमाणपत्र भने चुनाव पछि अन्य विजयी संगै प्रदान गरिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);