स्थानीय तह निर्बाचनका लागि रुकुममा सम्पुर्ण तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

स्थानीय तह निर्बाचनका लागि रुकुममा सम्पुर्ण तयारी पुरा

मेघराज खड्का,२१ बैशाख,रुकुम ।
करिब दुई दशक पछि यहि बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्बाचनका लागि रुकुममा सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्बाचन तथा निर्बाचन अधिकृतको कार्यालयहरुले जानकारी दिएका छन । निर्बाचन आयोग केन्द्र तथा क्षेत्रबाट जिल्लामा आउने सम्पुर्ण सामाग्रीहरु आईसकेको र कार्यालयको तर्फबाट गर्नुपर्ने सम्पुर्ण तयारी पुरा

स्थानीय तह निर्बाचनका लागि रुकुममा सम्पुर्ण तयारी पुरा

स्थानीय तह निर्बाचनका लागि रुकुममा सम्पुर्ण तयारी पुरा मेघराज खड्का,२१ बैशाख,रुकुम । करिब दुई दशक पछि यहि बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्बाचनका लागि रुकुममा सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्बाचन तथा निर्बाचन अधिकृतको कार्यालयहरुले जानकारी दिएका छन । निर्बाचन आयोग केन्द्र तथा क्षेत्रबाट जिल्लामा आउने सम्पुर्ण सामाग्रीहरु आईसकेको र कार्यालयको तर्फबाट गर्नुपर्ने सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्बाचन कार्यालय रुकुमका जिल्ला निर्बाचन अधिकारी कमलमणी देवकोटाले जानकारी दिनुभयो । कनिर्बाचन शान्तिपुर्ण, भयरहित र स्वतन्त्र तरिकाले सम्पुर्ण गर्न जिल्लाको सुरक्षा ब्यवस्था निकै मजबुद पारिएको छ ।

 

निर्बाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीहरु ठाउँठाउँमा खटाईएका छन भने नेपाल प्रहरी र शशस्त्र प्रहरीले पनि प्रयाप्त मात्रमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक अंगुर जिसीले सबै रुकुमेलीहरुले शान्तपुर्ण र ढुक्क भएर मतदान र अन्य राजनीतिक गतिबिधी गर्ने अवस्था सृजन गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । निर्बाचन हुने मिति नजिकिदै गर्दा जिल्ला स्थित राजनैतिकदलका उम्मेदवारहरुले प्रचारप्रसारलाई पनि गाउँगाउँ सम्म बिस्तार गरेका छन ।

 

मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरुले आचारसहिंता बिपरित कुनै काम गरेका निर्बाचन स्वतन्त्र र निश्पक्ष हुन नसक्दै भन्दै राजनैतिक दल लगायत सबै सरोकारवाला आचारसहिता पालना गर्नु गम्भीर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्य बताउनुहुन्छ । बैशाख ३१ गते हुने स्थानीय तह निर्बाचनका लागि रुकुमका ३ नगरपालिका र ३ गाउँपालिका गरि ६ स्थानीय तहमा शान्तिपुर्ण तरिकाले उम्मेदवारहरुको मनोनयन दर्ता सम्पन्न भैरहेको छ । रुकुमको मुसिकोट नगरपालिकामा ८ वटा र अन्य स्थानीय तहहरुमा मुख्य तिन दल नेपाली काग्रेस, नेकपा एमाले र नेकपा माओबाी केन्द्रका उम्मेदवारहरुले मात्र मनोनयन दर्ता गराएका छन ।

 

६ नम्बर प्रदेशमा पर्ने रुकुमको मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिबेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा मनोनयन दर्ताको काम भएको मुख्य निर्बाचन अधिकृत डण्डपानी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार रुकुमको पुथा उत्तरगंगा, भुमे र सिस्ने गरि ३ गाउँपालिकामा भने दोस्रो चरणको निर्बाचन कार्यतालिका अनुसार मात्र निर्बाचन कार्यक्रम हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);