रुकुमका ६ वटै स्थानीय तहमा मनोनयन दर्ता जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

रुकुमका ६ वटै स्थानीय तहमा मनोनयन दर्ता जारी

मेगराज खड्का १९, बैशाख रुकुम ।
बैशाख ३१ गते हुने स्थानीय तह निर्बाचनका लागि रुकुममा पनि ६ वटा स्थानीय तहमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम जारी रहेको छ । ३ नगरपालिका र ३ गाउपाँलिकामा मनोनयन गर्दाको काम जारी रहेपनि जिल्ला अन्य ३ गाउँपालिकामा भने सरकारले दोस्रो चरणमा निर्बाचन गर्ने घोषणा भएपछि आज मनोनयन दर्ताको काम

रुकुमका ६ वटै स्थानीय तहमा मनोनयन दर्ता जारी

मेगराज खड्का १९, बैशाख रुकुम ।

 

बैशाख ३१ गते हुने स्थानीय तह निर्बाचनका लागि रुकुममा पनि ६ वटा स्थानीय तहमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम जारी रहेको छ । ३ नगरपालिका र ३ गाउपाँलिकामा मनोनयन गर्दाको काम जारी रहेपनि जिल्ला अन्य ३ गाउँपालिकामा भने सरकारले दोस्रो चरणमा निर्बाचन गर्ने घोषणा भएपछि आज मनोनयन दर्ताको काम भएको छैन । मंगलबार ६ नम्बर प्रदेशमा पर्ने रुकुमको मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिबेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा मनोनयन दर्ताको काम जारी रहेको मुख्य निर्बाचन अधिकृत डण्डपानी शर्माले जानकारी दिए ।

 

उनका अनुसार रुकुमको पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकामा भने दोस्रो चरणको निर्बाचन कार्यतालिका अनुसार मात्र मनोनयन दर्ता हुनेछ । रुकुमको मुसिकोट नगरपालिकामा नेकपा माओबादी केन्द्रले मेयरको उम्मेदवारको पदमा देबिलाल गौतम र उपमेयरको पदमा प्रेम कुमारी सुनार केसीले आफ्नो मनोनयन दर्ता गरेका छन । त्यस्तै नपाल परिवार दल र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुले पनि मनोनयन गरिसकेको छ भने अन्य नेपाली काग्रेस, एमाले लगायतका दलहरु क्रमस दर्ता गर्ने क्रममा छन । मनोनयन दर्ता गर्नुपुर्ब जिल्ला स्थित ठुला दलहरुले नारा जुलुस सहित बजार परिक्रमा गरि आफ्नो शक्ति प्रर्दशन समेत गरेका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);