प्रदेश नम्बर २ मा १८ हजार २०० जना उम्मेदवारको मनोनयन दर्ता : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रदेश नम्बर २ मा १८ हजार २०० जना उम्मेदवारको मनोनयन दर्ता : आयोग

काठमाडौं, २१ भदौ । निर्वाचन आयोगले प्रदेश नम्बर २ अन्तरगतको सबै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता उत्साहपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । आयोगले १८ हजार २०० जना उम्मेदवारले मनोनयन दर्ता गरेको प्रारम्भिक जानकारी दिएको छ ।

 

विहान १० बजेबाट प्रदेश नम्बर २ अन्तरगत सबै स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयनको काम शुरु भएको थियो । उम्मेदवार मनोनयनको काममा कहीँ पनि अवरोध नभएको र शान्तिपूर्ण ढंगले सम्पन्न भएको आयोगले जनाएको छ ।

 

उम्मेदवार मनोनयनका लागि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको कार्यालयमा भीड लागेको थियो । अपरान्ह ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको भएपनि कतिपय ठाउँमा साँझ अबेरसम्म पनि मनोनयन दर्ता सञ्चालनमा आएको थियो ।

 

मुख्य निर्वाचन अधिकृत-निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उम्मेदवारहरुको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि सञ्चालनमा आएको हो ।

 

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै तेस्रो चरणको प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा पनि व्यापक उम्मेदवारी परेको आयोगको प्रारम्भिक अनुमान छ ।

 

यस निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् । आगामी असोज २ गते प्रदेश नम्बर दुई अन्तरगतका ८ वटा जिल्लामा स्थानीय निर्वाचन हुँदैछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);