प्रदेश नम्बर २ मा एमाले पहिलो शक्ति बन्ने भीम रावलको दाबी | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

काठमाडौं, २१ भदौ । नेकपा एमालेका उपाध्याक्ष भीम रावलले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन् । उपाध्याक्ष रावलले बाढीबाट हुने डुबानको समस्या समाधान गर्न पनि तराईका जनताले एमालेलाई मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भारतीय सिमावर्ती क्षेत्रमा हुने अपराध अन्त्य गर्न आसन्न सबै निर्वाचनमा एमाले विजयी हुनुपर्नेमा जोड दिए । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले तराईमा डुबान हुँदा समस्या समाधानका लागि आवाज उठाउने पार्टी एमालेमात्रै भएको दावी गरे ।

उपाध्यक्ष रावलले सरकार र सत्तारुढ दलहरुले निर्वाचन आचारसंहिता उलंघन गरिरहेको भन्दै कार्वाही गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);