बडादशैँको साइत सार्वजनिक : असोज १४ गते विहान ११ बजेर ५५ मिनेटमा उत्तम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बडादशैँको साइत सार्वजनिक : असोज १४ गते विहान ११ बजेर ५५ मिनेटमा उत्तम

काठमाडौँ, २१ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । बडादशैँको टिकाको साइत असोज १४ गते विहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ । फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ । फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।

असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ ।

विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछिकाे साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);