संसद् बैठकमा एमाले नाराबाजी गर्ने, सांसद भीम रावल छलफलमा सहभागी हुने  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसद् बैठकमा एमाले नाराबाजी गर्ने, सांसद भीम रावल छलफलमा सहभागी हुने 

काठमाडौं । प्रतिनिधिसभा बैठकमा लामो समयदेखि विरोधमा नाराबाजी गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिइरहेको छ । जारी प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गरिरहेका हुन् । 

यसअघि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेर फर्किने क्रममा महासचिव शंकर पोखरेलले आफूहरूको माग पूरा नभएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुने बताएका थिए । तर, आइतबार एमालेका माग पूरा नभए पनि एमाले सांसद भीम रावल संसद्को प्रक्रियामा सहभागी भएका छन् । 

एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै रावलले कुनै पनि सर्तमा एमसीसी अनुमोदन गर्न नहुनेमा अडान राखे । सम्झौतामा रहेका राष्ट्रहितविपरीतका बुँदा हटाउने वा संशोधन गर्नुपर्ने भन्दै उनले व्याख्यात्मक टिप्पणीसहित घोषणा गरेर एमसीसी पारित गर्नु भन्नु राष्ट्रहितविपरीत रहेको दाबी गरे । 

रावलले एमसीसी सम्झाैता जनताप्रतिकाे धाेका र गद्दारी भएकाे समेत उनले टिप्पणी गरे । एमालेले चर्काे नाराबाजी गरिरहँदा साेही पार्टीका सांसद रावलले भने एमसीसीमाथिकाे छलफलमा भाग लिएर दलकाे निर्णयमाथि चुनाैती दिएका छन् ।

अहिले नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखिरहेका छन् । उनले पनि एमसीसी राष्ट्रहितविपरीत रहेको दाबी गरे। 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);