एमसीसी संसदमा : एमालेले संसदीय प्रक्रियामा भाग नलिने, अवरोध जारी राख्ने  | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एमसीसी संसदमा : एमालेले संसदीय प्रक्रियामा भाग नलिने, अवरोध जारी राख्ने 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग नलिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने प्रतिनिधिसभा बैठकको संसदीय प्रक्रियामा भाग नलिने बताएका हुन् ।

‘हामी आज पनि संसद बैठकमा जान्छौं, तर संसदीय प्रक्रियामा सहभागी हुँदैनौं,’ भट्टराईले भने । संसदमा आफूहरुको माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग नलिने उनको भनाइ छ ।आफूले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा उपस्थित भएको भन्दै एमालेले लामो समयदेखि बैठक अवरोध गर्दै आएको छ । आज पनि यसैलाई निरन्तरता दिने प्रमुख सचेतक भट्टराईले बताए । 

आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । गत आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको हो । 

एमाले एमसीसीको वबषयमा मौन भए पनि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही दिनयता भेटघाट बाक्लिएको छ । भेटवार्तामा भएका छलफलहरू सार्वजनिक गरिएका छैनन् । देउवा र ओलीबीच एमसीसी अनुमोदन गर्ने सहमति भएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले एमालेको समर्थनमा संसदबाट एमसीसी अनुमोदन गर्ने र त्यसपछि प्रधानमन्त्रीले एमालेको माग सम्बोधन गर्न सक्ने बताए । ‘एमसीसी पारित गर्न सत्ता साझेदार दलहरूले सहयोग गरेनन् भने एमालेको समर्थनमा भए पनि पारित हुन्छ । एमसीसी पारित भएपछि प्रधानमन्त्री देउवाले एमालेको माग सम्वोधन गर्नुहुनेछ,’ नेता विश्वकर्माले न्युज कारखानासँग भने । एमालेले भने संसदीय प्रक्रियामा सहभागी नहुने रणनीति पहिले नै तय गरिसकेकाले आज संसद बैठक बस्नुअघि पार्टीमा कुनै पनि छलफल नभएको प्रमुख सचेतक भट्टराईले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);