संसदमा सुरु भयो एमसीसीमाथिको छलफल, सांसदलाई पाँच मिनेटको समय  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसदमा सुरु भयो एमसीसीमाथिको छलफल, सांसदलाई पाँच मिनेटको समय 

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो । 

सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिएका छन् । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीमाथि दलहरूबीच व्याख्यात्मक टिप्पणीसहितको घोषणा गर्ने सहमति भएको भन्ने सुनिएको र त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए । 

नेपालको अहितमा रहेका विषयलाई सच्याएमा एमसीसीको पक्षमा आफ्नो पार्टी उभिन सक्ने बताए । उनीपछि एमाले सांसद भीम रावलले बोलिरहेका छन् । उनले पनि एमसीसी सम्झौताका केही बुँदा राष्ट्रहित रहेको बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);