भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल  | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०७९, बिहीबार

भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल 

काठमाडौं । एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाए । यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे । 

साथै एमसीसी सम्झौता अनुमोदन भइसकेपछिको अवस्थाबारे पनि सदनलाई जानकारी दिन सांसद रालवले माग गरेका छन् ।  यस्तै सांसद प्रेम सुवालले भने लिपुलेकसहितका क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको भन्दै आपत्ति जनाएका छन् । 

Leave a Reply