प्रतिनिधिसभाको बैठकः भारतले जग्गा मिचेकोदेखि पाटे बाघको आतकंसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

प्रतिनिधिसभाको बैठकः भारतले जग्गा मिचेकोदेखि पाटे बाघको आतकंसम्म

काठमाडौं, १० चैत । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ सभामुखसँग समय मागेर बोल्दै सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँको पारिपट्टी भारत सरकारले तीन महिनादेखि नेपाल सरकारको सहमती र जानकारी बिना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरीरहेकाले तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शुन्य समयमा बोल्दै सांसद अन्जना विसंखेले कोरोना भाइरसले नयाँ रुपमा जन्म लिएको भन्दै स्वास्थ्य मन्त्रालयले कर्मचारीको व्यवस्थापन र जनताको विषयलाई गम्भिरतापूर्वक लिनुपर्नेमा ध्यानाकर्षण गराए ।

सांसद अमनलाल मोदीले कोरोना भाइरसको महामारी पछि सरकारले देश विदेशमा रोजगार गुमेका मजदुरहरुलाई रोजगारी दिन नसकेको गुनासो गरे । प्रधानमन्त्रीले रअको मान्छे कुन विषयमा भेटेको भन्ने जानकारी नगराइएको पनि उनको भनाई छ । संसद पुनस्र्थापनापछि बिजनेस नदिएर सरकारले संसदलाई गतिहिन बनाएको पनि सांसद मोदीले बताए ।

सांसद आशाकुमारी वि.क. ले बझाङको दुर्गम साहिपाल गाउँपालिकाका जनप्रतिनिधि प्रत्येक वर्ष चामल माग्न सिंहदरबार धाइरहेका भएपनि समस्या समाधान नभएको बताए । त्यहाँको खाद्य समस्या समाधानका लागि स्थायी खाद्य डिपो सञ्चालन गर्नु जरुरी रहेको उनको भनाई छ ।

सांसद एकवाल मियाँले बारा जिल्लाबाट बिरगञ्जसम्म पुग्ने हाइटेन्शन लाइनकोबीचमा २५÷३० वटा गाउँ परेकाले जनताहरु त्रासमा रहेकोले हाइटेन्शन लाइनको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सांसद कुमारी तुलसी थापाले बर्दियामा आरक्षणमा हुर्किरहेका पाटे बाघले आतंक मच्चाएको र हालसम्म ९ जनाको ज्यान गइसकेको अवस्थामा सरकारले जनताको सुरक्षा गर्न कुनै उपाय नअपनाएको गुनासो गरे । उनले बर्दियाको नेपाल–भारत सिमानामा व्यापक तस्करी भइरहेको र नेपाल भारत सिमानामा नेपाली भूमि अतिक्रमण भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्णप्रसाद दाहालले नेपालका गरिब जनतालाई लगानी गर्नको निम्ति प्राथमिकता क्षेत्र कर्जा निर्धारण गरेर तोकिएका ठाउँमा प्रतिशत तोकेर सरकारले कर्जा दिने कुरा ल्याएकोमा त्यसको स्वागत गरेका छन्। सो कर्जा विना धितो दिनेगरी उच्चस्तरीय कानूनी संरचना बनाएर सबै प्राथमिकताका क्षेत्रमा पर्ने कर्जा जति एकै ठाउँमा जम्मा गरेर सो कर्जा सर्वसुलभ ढंगले जनताले प्राप्त गर्न सक्ने स्थिति बनाउनको निम्ति सरकारसँग माग गरे ।

सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भनेर प्रश्न गरे । ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने गरेको भएपनि नेकपा एमाले देखि सातो गएको उनको भनाई छ ।

सांसद खेम प्रसाद लोहनीले मध्यपहाडी लोकमार्ग अन्र्तगत धादिङ जिल्लामा पर्ने सडक निर्माण कार्य रोकिएकोले तत्काल शुरु गर्न माग गरे ।

सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा अझैपनि बिजुली बत्ती नपुगेर अँध्यारै रहेको भएपनि देशलाई अल्पविकसितबाट विकसितमा पुगेको भनिएकोमा असन्तुष्टि व्यक्त गरे ।

सांसद जिपछिरिङ लामाले दार्चुलाको जमिन भारतमा प¥यो भनेर नक्सा सार्वजनिक गरेको भएपनि जमिन फिर्ता नआएकाले जमिन कहिले फिर्ता आउँछ भनेर प्रश्न गरे । जग्गा अर्को देशमा हामी चाहीँ लोगो मात्रै लगाएर हिड्ने कि जमिन कहिले फिर्ता आउँछ भन्ने उनको प्रश्न थियो ।

सांसद जीवनराम श्रेष्ठले काठमाडौँ जिल्लामा सडक विस्तारको नाममा डोजर आतंक भएकाले तत्काल रोक्न माग गरे । सडक विकासका आयोजनालाई रिभ्यु गर्नुपर्ने पनि उनको माग छ ।

सांसद झपटबहादुर रावलले संसद पुनस्र्थापना पछि दल विभाजन गर्ने गतिविधि भएको बताए । संविधानको रक्षाको निम्ति सबैलाई हौसला प्राप्त हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);