नेपालप्रति भारतको कुदृष्टि, नेपाली नेता र नागरिक समाजका अगुवा किन मौन ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालप्रति भारतको कुदृष्टि, नेपाली नेता र नागरिक समाजका अगुवा किन मौन ? (भिडियाेसहित)

भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धकोबारेमा विवादास्पद अभिव्यक्ति दिएका छन् । गौतम बुद्ध महान भारतीय भनेर विदेश मन्त्री जयशंकरले दिएको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । तर नेकपा लगायतका अन्य दल र दलका नेताहरु भने यस मामिलामा मौन देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राम चितवनको अयोध्यापुरीमा जन्मेका हुन भनेर अभिव्यक्ति दिंदा आलोचना गर्ने नेपाली नेताहरु,विश्लेषक र नागरिक समाजका अगुवाहरु भारतीय विदेशमन्त्रीको अभिव्यक्तिकोबारेमा मौन रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपालको सीमा अतिक्रमण गरेर नेपालप्रति हेपाह प्रवृत्ति देखाउंदै आएको भारत अब नेपालीको मन समेत कुडाउने स्थितिमा पुगेको छ । गौतम बुद्ध महान भारतीय भनेर भारतीय विदेश मन्त्री एस जयशंकरले दिएको पछिल्लो अभिव्यक्तिले यही संकेत गर्छ । नेपालको राजनीतिमा एकछत्र दवाव र प्रभाव पार्दै आएको भारत अहिले यो स्थितिमा नरहेपछि नेपालीको मन कुडाउने र नेपाली मनलाई भिजाजित पार्ने कुबाटोमा लागेको छ । यसमा भारतीय मिडिया त लागेका छन नै, अब त सरकारी स्तरबाटै मन्त्रीहरु नै भ्रामक अभिव्यक्ति दिन उद्यत देखिन्छन ।

यसअघि भारतीय मिडियाले नबुझीकनै नेपाल र नेपालीविरुद्ध भ्रामक प्रचार प्रसार गरेका होलान भनेर नेपाली जनताले त्यसलाई खासै ठूलो रुपमा लिएका थिएनन् । तर आफूलाई विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भनेर दावी गर्ने भारतको विदेश मन्त्री स्तरबाटै यस्ता भ्रामक र कपोल्कपित अभिव्यक्ति आएपछि अब अन्जान र नबुझेर नेपाल विरुद्ध भारतीय मिडिया बोलेका हुन भनेर पत्याउन सकिंदैन । जानेरै, बुझेरै र राज्यद्धारा निर्देशित रुपमै भारतीय मिडिया नेपाल विरुद्ध भ्रामक प्रचारमा सक्रिय छन भनी बुझ्न अब सजिलो भएको छ ।

नेपालको सीमा अतिक्रमण गरेको विषयमा वार्तामा बसौं भनेर सरकारले पटक पटक पत्राचार गर्दा मौन बस्दै आएको भारत गौतम बुद्ध भारतका हुन भनेर भ्रामक प्रचारको लागि मुख खोल्न भने पछि परेन । यसबाट स्पष्ट हुन्छ, छिमेकी देश भनेर नेपाली राजनीतिज्ञहरुले भन्दै आएको भारतसंगको सम्बन्ध झुटो हो । भारतले नेपाललाई छिमेकीको दर्जाको रुपमा व्यवहार गरेकै छैन । भारतले नेपाललाई सधैं कुदृष्टिले नै हेर्दै आएको छ । पाएसम्म नेपालको हर क्षेत्रमा हस्तक्षेप गर्ने नपाए नेपाल विरुद्ध विश्वमाझ भ्रम सृजना गर्ने भारतको रणनीति देखिन्छ ।

हुन त यस्ता भ्रामक अभिव्यक्तिले नेपाललाई केही गर्ने त होइन, तर नेपाली मनलाई भने विभाजित गरि नै रहन्छ, आत्मसम्मानमा ठेस पु¥याउँछ । गौतम बुद्धको देश नेपाल भनेर नेपाल विश्वमा परिचित छ , यो भारतलाई थाहा नभएको होइन । दक्षिण एशिया, एशियादेखि युरोपका मुलकुमा बुद्ध धर्मको प्रचार अहिले जुन रुपमा तीव्रता पाइरहेको छ, सबैलाई थाहा छ, बुद्ध नेपालमै जन्मेका हुन भनेर । विश्वमै स्थापित भइसकेको यो विषयलाई भारतीय विदेश मन्त्रीले महान भारतीय हुन भनेर भन्ने दुस्साहस कसरी गरे ? भारतीय मन्त्रीको यो दुस्साहसविरुद्ध नेपाली नेता र नेपालका दलहरु किन मौन छन ? प्रधानमन्त्री केपी शर्मा ओलीले केही अभिव्यक्ति दिंदा शव्द भूईमा झर्न नपाउँदै प्रतिक्रिया दिन तम्सिने पूर्व प्धानमन्त्री डा.बाबुराम भटृराई यसमा किन मौन छन ? आम नागरिकले अहिले प्रश्न गरिरहेका छन् ।

भारतीय विदेश मन्त्रीले यसरी नेपालीको मन दुखाउने गरी विश्वमा भ्रम फैलाउन खोज्दा आपूmलाई विद्धान नेताको रुपमा दावी गर्ने डा.भटृराई भारतीय विदेश मन्त्रीको अभिव्यक्ति विरुद्ध नभई प्रधानमन्त्री ओलीकै अभिव्यक्ति विरुद्ध टिप्पणी गर्न कस्सिएका छन् । प्रधानमन्त्रीले चितवनको माडी नगरपालिकास्थित रामको जन्मस्थान अयोध्यापुरीमा रामको भव्य मन्दिर बनाउन भनेर स्थानीय सरकारलाई दिएको अभिव्यक्तिलाई पूर्व प्रधानमन्त्री भटृराईले व्यङ्ग गरेका छन् । आफ्नो ट्वीटरमा उनले लेखेका छन, सम्वेदनशील धार्मिक मामिलामा कम्युनिष्ट प्रधानमन्त्रीले यस्तो चासो लिनु र निर्देशन दिनु कति उपयुक्त हो ? प्रधानमन्त्रीको हर अभिव्यक्तिमा कडा आलोचना र व्यङ्ग्य गर्न पछि नपर्ने डा.बाबुराम भटृराई सीमा अतिक्रमण, भारतीले निर्माण गरेको संरचनाले भएको तराई डुवान, र गौतम बुद्ध महान भारतीय भनेर भारतीय विदेश मन्त्रीले दिएको अभिव्यक्तिविरुद्ध किन चुइक्क बोल्न सक्दैनन ? यसको राज के छ ? जनताले मूल्यांकन गर्ने बेला आएको छ ।

भारतीय विदेश मन्त्रीको अभिव्यक्तिका सम्बन्धमा बरु विपक्षी दल नेपाली कांग्रेसले भने प्रतिपक्षीको भूमिका निर्वाह गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता एवं युवामा आशावादी नेताका रुपमा हेरिएका विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । शर्माले आफ्नो ट्वीटमा भनेका छन्, भगवान बुद्ध नेपालमा जन्मिएका हुन । त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आप्रत्ति छ ।

कांग्रेसकै नेता डा. रामशरण महतले भारतीय विदेश मन्त्रीको अभिव्यक्ति गलत र भ्रामक भएको भनी आपत्ति जनाएका छन् । तर सत्तारुढ दल नेकपा कै नेताहरु भारतीय विदेश मन्त्रीको भ्रामक अभिव्यक्तिप्रति मौन रहनुलाई आश्चर्यजनक रुपमा हेरिएको छ । चितवनको माडी नगरपालिकास्थित साविकको अध्योध्यापुरी गाउँपालिकामा रामको जन्म भएको हो, अब त्यहाँ रामको मन्दिर बनाउनु पर्छ भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति र निर्देशनलाई समर्थन गर्न नसक्ने नेताहरु बुद्ध भारतीय महान हुन भनी भारतीय विदेश मन्त्रीको बोलीमा भने मौनता साँध्नुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);