कश्मिर मामिलालाई सरकारले नजिकबाट नियाली रहेको छ : परराष्ट्रमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कश्मिर मामिलालाई सरकारले नजिकबाट नियाली रहेको छ : परराष्ट्रमन्त्री

pradeep gyawali

काठमाडौं, २ भदौ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ‘नेपाल सरकारले कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको’ प्रतिक्रिया दिनुभएको छ । भारतीय विदेश मन्त्री एस जयशंकरको आसन्न नेपाल भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले ‘क्षेत्रीय रुपमा र छिमेकमा समेत शान्ति र स्थिरताका पक्षमा नेपाल उभिएको’ उल्लेख गर्नुभयो ।

उहाँले नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा भाग लिन भारतीय बिदेशमन्त्री जयशंकर बुधवार नेपाल आउन लाग्नु भएको र बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन लगायतका बिषयमा छलफल हुने उल्लेख गर्नुभयो ।

बैठकमा भारतीय बाँधका कारण नेपाली भूभाग बर्षेनी डुवानमा पर्दै आइरहेको बिषयमा पनि छलफल हुने जनाइएको छ । नेपाल बसाइँका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तालीका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);