नेपाल–भारत सम्बन्ध सुदृढ हुने बाटोमा अघि बढेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपाल–भारत सम्बन्ध सुदृढ हुने बाटोमा अघि बढेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई

pararastramantri pradip gyawali

काठमाडाैं ,१९ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारत सँगको संवादहीनताको अवस्थालाई अन्त्य गरेको बताउनुभएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणसँगै भारतसँगको औपचारिक संवादको ढोका खुलेको बताउनुभएको हो ।

उहाँले विदेश सचिवको नेपाल भ्रमणमा सीमा सम्बन्धी समस्यालाई औपचारिक एजेन्डा बनाएर उठाइसकेको बताउनुभयो । त्यसबाट नेपाल र भारतबीच रहेका सीमा विवाद लगायतका सबै विषयमा छलफल हुने बाटो खुल्ला भएको पनि मन्त्री ज्ञवालीले उल्लेख गर्नुभयो । सीमा सम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिव स्तरीय बैठक बस्ने तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।

त्यसैगरी उहाँले दुवै मुलुका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक गर्ने तयारी भएको बताउनुभयो । नेपाल–भारत सम्बन्धमा देखिएको समस्यालाई वार्ताबाट समाधान गर्ने र सुदृढ बनाएर जाने दिशामा अगाडि बढीसकिएको पनि मन्त्री ज्ञवालीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);