किसानले उत्पादन गरेका बजारको सुनिस्चितता सरकारले गर्ने : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

किसानले उत्पादन गरेका बजारको सुनिस्चितता सरकारले गर्ने : मन्त्री अर्याल

padma aryal

काठमाडाैं ,१९ मंसिर । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका बजारको सुनिस्चितता सरकारले गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनको बजार सुनिस्चितता गरिने बताउनुभएको हो ।

सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको विक्री तिनै विक्री केन्द्रबाट सुनिस्चित गरिने बताउनुभयो । यस्तै किसानहरुले उत्पादन गरेका वस्तु विक्री गर्न सहकारीहरुले आफै बजारको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुने पनि बताउनुभयो ।

अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले विचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दुरी कम गर्ने अभियान शुरु भइसकेको बताउनुभयो । सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताउनुभयो । 

सहकारी बजारलाई आधुनिक र गुणस्तरीय बनाउँदै लैजाने पनि मन्त्री अर्यालले बताउनुभयो । सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादिको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ्य खाद्य वस्तु उपभोग गर्ने वातावारण निर्माण गरिने बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);