चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने भ्रामक प्रतिवेदनबारे अनुसन्धान : परराष्ट्रमन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने भ्रामक प्रतिवेदनबारे अनुसन्धान : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, १५ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभएको छ ।

सोमबार राष्ट्रियसभाको बैठकमा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभएको हो ।

उहाँले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारवाहीको दायरामा ल्याइने उल्लेख गर्नुभयो । मन्त्री ज्ञवालीले भारतसँग सीमा विवादका कारण पश्चिमको त्रिदेशिय सीमा स्तम्भ कायम नभएको बाहेक चीनसँग कुनै ठाउँमा पनि सीमा समस्या नभएको दाबी गर्नुभयो ।

उहाँले भौगोलिक विकटताका कारण ३७ र ३८ नम्बर सीमा रेखा निर्माण नगर्ने सहमति दुबै देशबीच बनेको पनि बताउनुभयो । मन्त्री ज्ञवालीले अहिले सगरमाथाको उचाई घोषणा गर्ने तयारी नेपालले गरिरहँदा चीनले पनि नापेकोले दुबै देशबीच कुराकानी भइरहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीले गोरखाको रुई गाउँमा चीनले अतिक्रमण गरेको भन्ने विषयमा सीमाकंन हुनुभन्दा अगाडीको समयमानै सानागाउँ र रुई गाउँका स्थानीयले लेक बेसी गर्ने गरेको भन्दै सीमाकंन भएपछि स्थानीयको स्वइच्छाले नै रुई गाउँका बासिन्दाहरु चीनतिर गएको बताउनुभयो । उहाँले नेपाल भारत सीमा समस्या कुटनीतिक वार्ताबाटै समाधान हुने भन्दै भारतसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);