परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता

काठमाडौं, ३ माघ । भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग आज बिहान भेटवार्ता गर्नुभएको हो ।

नेपालले आफ्नो भूभागका रुपमा दावी गर्दै आएको धार्चुला–लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको सडक भारतका रक्षामन्त्री सिंहले गत वैशाखमा उद्घाटन गरेपछि दुई देशबीच सीमा विवाद थप जटिल मोडमा पुगेको थियो । आज भएको भेटमा मन्त्री ज्ञवालीले भारतीय रक्षामन्त्री सिंहसँग सीमा विवादबारे चर्चा नगरेको बताइएको छ ।

भारतीय रक्षामन्त्री सिंहले नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता लगत्तै केही तस्वीरसहित ट्वीट गर्दै नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग अद्भूत भेटवार्ता भएको जनाउनुभएको छ ।

मन्त्री सिंहले दुई देशबीचको सम्बन्धलाई ब्याख्या गर्दै नेपाल–भारत सम्बन्ध दुई सरकारबीचमात्र सीमित नरहेर दुई देशका जनताबाट सञ्चालित रहेको जिकिरसमेत गरेका छन् । तर सीमा विवादको प्रसंगलाई उनले कतै उल्लेख गर्नुभएको छैन ।

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाली भूभाग नै हो’ भन्दै ती भूभाग फिर्ता ल्याउन पहल हुने बताइएपनि सीमा विवादका बारे छलफल नै नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्री ज्ञवाली आजै स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);