परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले हैदरावाद हाउसमा भारतीय समकक्षीसँग भेटवार्ता गर्नुभएको हो ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य सहभागी हुनुभएको थियो । यस्तै भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि सहभागी हुनुभएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

तीन दिने भारत भ्रमणमा रहनुभएका ज्ञवाली नेपाल–भारतको संयुक्त बैठकका लागि नयाँदिल्लीमा हुनुहुन्छ । संयुक्त बैठक सम्पन्न भएपछि परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबार साँझ नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);