कांग्रेसले आज ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसले आज ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

nepali congress

काठमाडौँ, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसले देशका सबै ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । कांग्रेसले यसअघि १३ पुसमा १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २५ पुसमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा आज हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँले विज्ञप्ति जारी गर्दै विघटनको कार्यलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको जनाउँदै संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको बताउनुभएको छ । साथै देउवाले पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न आग्रह गर्नुभएको छ ।

कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको फैसला पर्खने र अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरे स्वागत गर्ने विपक्षमा फैसला गरे चुनावमा जाने रणनीति बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);