सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी सरकारद्वारा 'नागरिक एप' सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी सरकारद्वारा ‘नागरिक एप’ सार्वजनिक

काठमाडौं, २ माघ । नेपाल सरकारले सबै सार्वजनिक सेवाहरु एउटै एपबाट दिनेगरी नागरिक एप सार्वजनिक गरेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गर्नुभयो ।

नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एपको सञ्चालन गरीएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उहाँको भनाई छ ।

नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत प्रयोग गर्न सकिने जनार्ईएको छ । सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानी मध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ ।

सरकारले आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो । ३ वर्षपछि यसले पूर्णता पाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);