प्रतिनीधि सभा विघटनविरुद्ध कांग्रेसले सबै स्थानीय तहमा प्रदर्शन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रतिनीधि सभा विघटनविरुद्ध कांग्रेसले सबै स्थानीय तहमा प्रदर्शन गर्ने

nepali congress

काठमाडौं, २ माघ । प्रतिनीधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभरका ७ सय ५३ ओटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस ३ गते देशका सबै स्थानीय तहमा विरोध प्रर्दशन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी हुन सम्पुर्ण देशवासीलाई आह्वान गर्नु भएको छ । शनिबार देशभर हुने विरोध प्रर्दशनमा ब्यापक जनसहभागीता हुने नेपाली कांग्रेसको दावी छ ।

प्रतिनीधि सभा विघटन गर्ने सरकारी कदमको कांग्रेसले विरोध गर्दैआएको छ । माघ ३ गते हुने विरोध प्रर्दशनको सन्दर्भमा एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसले पार्टीका सबै तहका नेता कार्यकर्ता र समस्त लोकतन्त्रवादीहरुलाई प्रदर्शनमा ऐक्यवद्धता प्रकट गर्न अपील समेत गरेको छ ।

कांग्रेसले गत पुस १३ गते १ सय ६५ ओटै प्रतिनीधि सभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० ओटै प्रदेशसभा निर्वाचन क्षेत्रमा भने विरोध प्रदर्शन गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);