कांग्रेसले आज ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेसले आज ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको कांग्रेसले आज ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो ।

आजको विरोध कार्यक्रमका लागि सम्बोधन गर्न कांग्रेस नेताहरु विभिन्न ठाउँ पुग्ने बताइएको छ । सभापति शेरबहादुर देउवाले काठमाडौं क्षेत्र ५ अन्तरर्गत प्रदेश सभा ख को कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र ख, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं ६ को प्रदेश क हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै कांग्रेसले विरोध कार्यक्रम अन्तर्गत माघ ३ गते ७ सय ५३ वटै स्थानीय तह र माघ ८ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडाहरूमा विरोध प्रदर्शन गर्ने समेत जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);