प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

nepali congress flag

सभापति देउवाले भक्तपुर र वरिष्ठ नेता पौडेलले तनहुँमा सम्बोधन गर्ने


काठमाडौं, १३ पुष । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

सभापति शेरबहादुर देउवा भने कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ । नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);