नेपाली कांग्रेसद्वारा सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाली कांग्रेसद्वारा सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुमा प्रशासनले गरेको दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारले लापरवाही गरेको दाबी गर्दै त्यसको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो ।

कांग्रेसले आजको विरोधलाई शक्ति प्रदर्शनको रुपमा समेत लिएको छ । सत्तापक्षबाटै सरकारको कामलाई लिएर बिरोध भइरहदा कांग्रेस भने चुप लागेर बसेको आलोचना भएको अवस्थामा कांग्रेस सडकमा ओर्लिएको हो ।

यसकारण पनि आजको प्रदर्शनलाई महत्वका साथ हेरिएको छ । बिरोध प्रदर्शनमा सहभागी हुन कांग्रेस केन्द्रीय नेताहरु बिभिन्न जिल्लामा पुगेका छन । सभापति शेरबहादुर देउवा मकवानपुर,वरिष्ठ नेता रामचन्द्र पौडेल,काठमाडौं र उपसभापति विमलेन्द्र निधिले भक्तपुरको बिरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);