देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर छ : संघीय मामिला मन्त्री त्रिपाठी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर छ : संघीय मामिला मन्त्री त्रिपाठी

काठमाडौं, २९ मंसिर । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको बताउनुभएको हो ।

स्थानीय तहको कामकारबाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहिन बनाउने भन्ने निर्भर रहेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाहमा अथवा चन्दा पुस्कारमा प्राप्त नभएकाले कसैलेपनि समाप्त पार्न नसक्ने दावी समेत उहाँको छ । कोभिडको समयमा स्थानीय तहले गरेको कामकारबाहीबाट नै संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।

यस्तै संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको पनि बताउनुभयो । संविधानले स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिएको भएर नै स्थानीयत तहले असाधारण काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका सिङ्गो देशबासिको भएको बताउनुभयो ।

त्यसैले काठमाडौंको विकासमा सबैको चासो रहेको मेयर शाक्यले बताउनुभयो । काठमाडौंमा स्थायी बासिन्दा भन्दा अस्थायी बासिन्दा धेरै भएकाले काठमाडौंलाई सफा, स्वच्छ, हराभरा, धुलो मुक्त र हिलो मुक्त बनाउन सबैको साथ आवश्यक रहेको पनि मेयर शाक्यले बताउनुभयो । महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष आजकै दिन महानगर दिवस मनाउँदै आएको छ ।

महानगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);