कर्मचारी समायोजनको समस्या तत्काल समाधान गर्ने नवनियुक्त मन्त्री त्रिपाठीको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कर्मचारी समायोजनको समस्या तत्काल समाधान गर्ने नवनियुक्त मन्त्री त्रिपाठीको प्रतिवद्धता

काठमाडौं, ५ मंसिर । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

नवनियुक्तमन्त्री त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएको मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफु लागिपर्ने बताउनुभएको हो । बिहीबार बिहान राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिनुभएका मन्त्री त्रिपाठीले दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै संचारकर्मीमाझ स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि बताउनु भयो ।

मन्त्री त्रिपाठीले स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने बताउनु भयो । उहाँले महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा देखिएका समस्याको समाधानमा समेत जोड दिने पनि बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);