यस्ता छन् नवनियुक्त मन्त्रीहरुका प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यस्ता छन् नवनियुक्त मन्त्रीहरुका प्रतिबद्धता

नवनियुक्त मन्त्रीहरु

काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरुले पदतथा गोपनियताको सपथग्रहण लगत्तै आ आफूलाई तोकिएको मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका छन् । पदभार ग्रहण गर्ने क्रमममा मन्त्रीहरुले आफूहरुले सधै जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

बिहीवार राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै नवनियुक्त मन्त्रीहरु पदभार ग्रहण गर्न आ आफना मन्त्रालय पुगेका थिए । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रही काम गर्ने पनि बताउनुभयो ।

त्यसैगरी नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला, बालबालिका र ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढने उल्लेख गर्नु भयो ।

त्यसैगरी नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने बताउनु भयो ।

पदभार ग्रहणका क्रममा नयाँ मन्त्रीहरुले विभिन्न प्रतिबद्धता जनाएपनि काममा कत्तिको अब्बल बन्ने हुन् त्यो भने हेर्न पर्खनु पर्ने छ । यसअघिका मन्त्रीहरुले पनि यसरी नै प्रतिबद्धता जनाएपनि ती पुराहुन नसकेका आम नागरिकको गुनासो रहँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);