नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले गरे पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले गरे पदभार ग्रहण

काठमाडौं, १४ फागुन । नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै उनले सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

त्यस अवसरमा नवनियुक्त गृहमन्त्री थापाले जनताको अपेक्षा र राष्ट्रको आवश्यक्तालाई पूरा गर्नेगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

उनले मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै त्यसले ल्याएका चुनौति सामना गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । नवनियुक्त गृहमन्त्री थापाले राम्रो काम गर्नेहरुलाई पुरस्कृत र नराम्रो काम गर्नेहरुमाथि कडा कार्वाह गर्ने बताए ।

रक्षामन्त्री भईसकेका नवनियुक्त गृहमन्त्री थापाले बदलिँदो परिस्थिति अनुसार सुरक्षा रणनीति तय गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);