प्रधानन्यायाधीश मिश्रद्वारा सपथसँगै पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

प्रधानन्यायाधीश मिश्रद्वारा सपथसँगै पदभार ग्रहण

काठमाडौं, २५ भदौ । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सोमबार पद तथा गोपनियताको सपथ खाएका छन् । सपथ खाए पछि उनले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्या भण्डारीले सितल निवासमा सपथ ग्रहण गराएलगत्तै नवनियुक्त प्रधानन्यायाधीश मिश्रले साँझ सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । संसदीय सुनुवाई समितिले अनुमोदन गरेलगत्तै उनलाई राष्ट्रपति विद्या भण्डारीले आजै प्रधानन्यायाधीशमा नियुक्त गरेकी हुन् ।

पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरे । नवनियुक्त प्रधानन्यायाधीश मिश्रले न्याय सेवालाई प्रभावकारी बनाउन उपयुक्त विधि स्थापित गराउन पनि आफूले पहल गर्ने बताए ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले संहिताहरुको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउने बताए । उनले न्याय सेवालाई प्रभावकारी बनाउन न्यायाधीशहरुको दक्षता वृद्धिको कामलाई पनि अघि बढाउने योजना सार्वजनिक गरे ।

२०७१ साल जेष्ठ १३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका मिश्रलाई अप्रत्याशित रुपमा प्रधानन्यायाधीश बन्ने अवसर प्राप्त भएको हो ।

प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय समितिले अस्विकृत गरेपछि दोस्रो वरियतामा रहेका उनलाई प्रधानन्यायाधीश बन्ने अवसर प्राप्त भएको हो । मिश्रले उमेर हदका कारण आगामी पुस १७ गते प्रधानन्यायाधीशबाट अवकास पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);