एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली सञ्चालन

काठमाडौं, २५ भदौ । सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली सञ्चालन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने उद्देश्यले एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली संचालन गरिएको जानकारी दिएको हो ।

सोमबारबाट परीक्षण सुरु गरिएको सो प्रणाली आगामी असोज १ गतेदेखि भने पूर्ण रुपमा कार्यान्वयनमा आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए ।

यो प्रणालीले वैदेशिक रोजगारीको अभिलेखलाई व्यवस्थित बनाउने मन्त्रालयको दावी छ । मन्त्री विष्टले सो सेवा मोबाईल एप वा मन्त्रालयको आधिकारिक वेबसाईटबाट हेर्न सकिने व्यवस्था मिलाइएको बताए ।

यो प्रणालीबाट अध्यागमन विभाग, पासपोर्ट विभाग, कन्सुलर सेवा विभाग, कूटनीतिक सेवा विभाग, कूटनीतिक नियोगहरु, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखिकरण तालिम प्रदायक संस्था, स्वास्थ्य परिक्षण गर्ने संस्था, गन्तव्य देशका रोजगारदातासम्बन्धि सूचना र सेवा सम्बन्धि सम्पूर्ण विवरणहरु उपलब्ध हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);