नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गरे पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गरे पदभार ग्रहण

न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने संकल्प

काठमाडौं, १८ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका नवनियुक्त प्रधानन्यायाधीश जबराले दिउँसो सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

त्यस अवसरमा उनले संचारकर्मीमाझ न्यायमा आम नागरिकको सहज पहुँच पु-याउने प्रतिबद्धता व्यक्त गरे । नवनियुक्त प्रधानन्यायाधीश जबराले न्यायालयप्रति आम नागरिकको आस्था र विश्वास अभिवृद्धि गर्न संचारकर्मीहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।

नवनियुक्त प्रधानन्यायाधीश जबराले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने संकल्प गरे । उनले प्रमाणको आधारमा न्याय दिन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

चार वर्षे कार्यकालका लागि प्रधानन्यायाधीशमा नियुक्त भएका उनलाई पदभार ग्रहण गर्नेक्रममा सर्वोच्च अदालतका न्यायाधीश तथा कर्मचारीहरुले सर्वोच्च अदालत परिसरमा भव्य स्वागत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);