प्राधिकरणका सिइओ सुशील ज्ञवालीद्वारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्राधिकरणका सिइओ सुशील ज्ञवालीद्वारा पदभार ग्रहण

काठमाडौं, ३१ साउन । राष्ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा प्राधिकरणका सचिव अर्जुनकुमार कार्की लगायतका कर्मचारीहरुले उनको स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले तोकिएको समय भित्रै पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले विगतको कामको समिक्षा गर्ने र प्राधिकरणका लागि आवश्यक वित्तिय व्यवस्थापनको चुनौति सामना गर्न पनि आवश्यक कार्ययोजना बनाउने बताए । त्यस अवसरमा उनले आफूले नै पहिलो पटक प्राधिकरणको नेतृत्व लिँदा यसको जग बसाल्ने काम गरेको दावी गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा प्राधिकरणका सचिव कार्कीले प्राधिकरणको कामबारे संक्षिप्त जानकारी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई गराएका थिए ।

उनले प्राधिकरणले पुनर्निर्माणको कामलाई साँढे २ वर्ष भित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको बताए । प्राधिकरणको सो कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको छ । सचिव कार्कीले सो कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले स्विकृत गरेपछि पुनर्निर्माणको कामले गति लिने बताए ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७२ साल पुस १० गते पहिलो पटक प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका ज्ञवालीलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले हटाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);