निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता

rastriya pun niraman pradhikaran

काठमाडौं, २३ असोज । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएको छ ।

मंगलवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले पुनर्निर्माणको कामलाई अघि बढाउन भूकम्प प्रभावित सबै स्थानीय तहमा वरिष्ठ इन्जिनियर रहने व्यवस्था गरिएको जानकारी दिए ।

मंगलबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरातात्विक महत्वको सम्पदाहरुको पुनर्निर्माणको कामलाई गति दिन पुरातत्व विभागसँग आवश्यक छलफल भईरहेको जानकारी पनि दिए । उनले काष्ठमाण्डवको कामलाई तीव्रता दिन आवश्यक काठ, कालीगढको व्यवस्था भईसकेको जानकारी पनि दिए । प्राधिकरणले शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणमा पनि ढिलाई नहुने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);