६० प्रतिशत भूकम्प पीडितकाे आवास र्निर्माण गर्ने प्राधिकरणकाे लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १२ पुष । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्षभित्र ६० प्रतिशत भूकम्प पीडितहरुको आवास निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य बनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले चालू आर्थिक वर्ष भित्र ६० प्रतिशत भूकम्प पीडितहरुको आवास निर्माणको काम सम्पन्न गरिसक्ने लक्ष्य अनुसार काम भईरहेको जानकारी दिएका हुन् । प्राधिकरण स्थापना भएको दुई वर्ष पूरा भएको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिन सबै स्थानीय तहमा प्राविधिकहरुको व्यवस्था गरिएको पनि स्पष्ट गरे ।

 

सरकारले हालसम्म ७९ हजार ५ सय १४ वटा निजी आवास निर्माण सम्पन्न गरेको छ । अव पुनर्निर्माणको कामलाई गति दिने गरी देखिएका समस्या समाधान गर्न लागि परेको पनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले बताए । प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिन स्थानीय तहसँग सहकार्य गरेर अघि बढिएको पनि स्पष्ट पारेको छ ।

प्राधिकरणले सम्पदाहरुको पुनर्निर्माणको कामलाई पनि अव तीव्रता दिने योजना बनाएको छ । प्रमुख कार्यकारी अधिकृत भुसालले विद्यालयको पुनर्निर्माणको काम सहज ढंगले अघि बढिरहेको बताए ।

प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका लागि अव साँढ ३ खरव रकम अपुग हुने अनुमान पनि गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले पुनर्निर्माणका लागि अपुग हुने बजेटका लागि आगामी आर्थिक वर्षमा दाता सम्मेलन आयोजना गर्ने योजना पनि सुनाए ।

भूकम्पपछिको पुनर्निर्माणका लागि अनुदान पाउन योग्ग लाभग्राहीको संख्या ७ लाख, ६७ हजार ७ सय ५ वटा रहेको छ । ती मध्ये पहिलो किस्ता वापतको ५० हजार रुपैँयाँ ९८ प्रतिशत लाभग्राहीले पाएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);