चालु आर्थिक वर्ष भित्र पुनर्निर्माणको काम सम्पन्न हुन्छ : प्राधिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

चालु आर्थिक वर्ष भित्र पुनर्निर्माणको काम सम्पन्न हुन्छ : प्राधिकरण

rastriya punanirman

काठमाडौं, ४ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु गरेका हुन् ।

मंगलबार संघीय संसद विकास तथा प्रविधि समितिको बैठकम कोरम नपुगेर स्थगित भएपछि उनले संचारकर्मी माझ चालू आर्थिक वर्ष भित्र मूलभूत रुपमा सम्पन्न हुनेगरी निजी आवास पुनर्निर्माणको कामलाई तीब्रता दिइएको बताए ।

प्राधिकरणले हालसम्म ४३ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको, ३४ प्रतिशत काम सुरु गरिएको र बाँकी कामलाई पनि तीव्रता दिइएको बताए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती निर्माणको काममा भने केही ढिलाई हुन सक्ने उल्लेख गरे ।

प्राधिकरणले अब बाँकि रहेको २ वर्ष ३ महिना भित्र सम्पदासहितको पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने दावी गरेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका लागि दिइएको पाँच वर्षको समयमध्ये अब २ वर्ष ३ महिना बाँकी रहेको उल्लेख गर्दै सो समय भित्र पुनर्निर्माणको सबै काम सम्पन्न हुने स्पष्ट पारे ।

उनले पुरातात्विक महत्वको सम्पदाहरु धरहरा, रानी पोखरी, काष्ठमण्डव निर्माणको कामलाई तीव्रता दिइएको बताए ।

प्राधिकरणले पुनर्निर्माणको कामलाई तीब्रता दिन स्थानीय तहलाई नै तत्काल गुनासो सम्बोधन गर्ने प्रावधानसहितको कार्यविधि पनि पारित गरेको छ । त्यसैगरी पुनर्निर्माणको लागि प्राविधिकहरुको कमी हुन नदिन त्यसको उचित व्यवस्था पनि गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);