एक वर्षभित्र निजी आवास निर्माणको काम सम्पन्न गर्ने प्राधिकरणको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एक वर्षभित्र निजी आवास निर्माणको काम सम्पन्न गर्ने प्राधिकरणको दावी

rastriya punanirman pradhikaran

काठमाडौं, ११ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक वर्ष भित्र निजी आवास निर्माणको काम सम्पन्न गर्ने दावी गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले प्राधिकरणले लक्ष्य अनुसार नै निजी आवास निर्माणको कामलाई अघि बढाएको बताए ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार निजी आवास निर्माणको काममा केन्द्रित भएको स्पष्ट पारे ।

आगामी आर्थिक वर्षको अन्त्यसम्म निजी आवास निर्माणको काम सम्पन्न गर्ने प्राधिकरणको योजना छ । प्रमुख कार्यकारी अधिकृत भुसालले आगामी असार भित्र करिव ५ लाख घर निर्माणको काम सम्पन्न गर्ने र बाँकि काम आगामी आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले प्राधिकरणको काममा ढिलाई नभएको दावी समेत गरेका छन् । २८ महिना काम गरेको प्राधिकरणले आफ्नो कामलाई तोकिएकै समय सीमा भित्रै सम्पन्न गर्दै आएको प्रमुख कार्यकारी अधिकृत भुसालको दावी छ ।

प्राधिकरणले विद्यालय पुनर्निर्माणको काममा पनि ढिलाई नहुने स्पष्ट पारेको छ । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पपछि ७ लाख ६७ हजार ७ सय ५ वटा निजी आवास निर्माण गर्नुपर्ने प्राधिकरणको दायित्व छ ।

प्राधिकरणले निजी आवास निर्माणको काम सम्पन्न भएपछि सम्पदाहरुको पुनर्निर्माणको काममा पनि तीव्रता दिने योजना बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);