५ लाख निजी आवास पुनर्निर्माण गर्ने सरकारको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

५ लाख निजी आवास पुनर्निर्माण गर्ने सरकारको लक्ष्य

punarnirman

काठमाडौं, १३ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।  प्राधिकरणका प्रवक्ता यमलाल भुसालले एक वर्ष भित्र निजी आवास निर्माणको काम सम्पन्न हुनेगरी काम भईरहेको बताएका हुन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएपछि सम्पदालगायतका पुनर्निर्माणको कामलाई गति दिने योजना बनाइएको पनि स्पष्ट पारे । प्रवक्ता भुसालले भूकम्पपछिको पुनर्निर्माणका लागि विकास साझेदार संस्थाहरुले दिने भनेको सबै अनुदान सहायता उपलब्ध हुने विश्वास पनि व्यक्त गरे ।

प्राधिकरणले आगामी असार मसान्तसम्म करिव ५ लाख निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);