७७ प्रतिशत निजी आवास पुनर्निर्माण कार्य सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

७७ प्रतिशत निजी आवास पुनर्निर्माण कार्य सम्पन्न

काठमाडौं, १० पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७७ प्रतिशत निजी आवास निर्माण गरिएको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरी ७७ प्रतिशत निजी आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

जस अनुसार पुनर्निर्माणका लागि सम्झौता गरिएका ७ लाख ४२ हजार १ सय ३५ मध्ये ३ लाख ३७ हजार ३ सय १९ वटा निजी आवास पुनर्निर्माण काम सम्पन्न भएको र २ लाख ३३ हजार ३ सय ४३ वटा घर निर्माणको चरणमा रहेको हो ।

३२ प्रतिशत बाँकि निजी आवास चालू आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने प्राधिकरणको लक्ष्य छ । पुनर्निर्माणको काम सन्तोषजनक ढंगले अघि बढिरहेको पनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

प्राधिकरणले सम्पदाहरुसहितको सबै पुनर्निर्माणको काम २०७७ साल कार्तिक महिना भित्र सम्पन्न गर्ने योजना पनि सार्वजनिक गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले २०७७ साल पुस भित्र सबै पुनर्निर्माण कार्य सम्पन्न गर्ने जिम्मेवारी आफूहरुको रहेको उल्लेख गर्दै त्यसभन्दा दुई महिना अघि कार्तिकमै पुनर्निर्माणका सबै कार्य सम्पन्न गर्ने योजना रहेको बताए ।

प्राधिकरणले एकीकृत बस्ती विकास, जोखिमयुक्त बस्ती स्थानान्तरणको काम पनि आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने जनाएको छ । प्राधिकरणले हालसम्म ८० प्रतिशत शैक्षिक संस्था, ६६ प्रतिशत स्वास्थ्य संस्था, ९५ प्रतिशत सरकारी भवन पुनर्निर्माण गरिएको पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);