स्थानीय तहका कर्मचारीको काठमाडौंमा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

स्थानीय तहका कर्मचारीको काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, १० पुस । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’को विरोधमा आन्दोलनरत स्थानीय तहका कर्मचारीहरुले मंगलबार काठमाडौंमा -यालीसहितको प्रदर्शन गरेका छन् । देशभरका स्थानीय तहका कर्मचारीहरुले मंगलबार काठमाडौंमा भेला भई सरकारले हालै जारी गरेको कर्मचारी समायोजना अध्यादेश सच्याउन माग गर्दै सरकारलाई दवाव दिएका हुन् ।

काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु भएको -याली सुन्धरास्थित बाघदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै स्थानीय तह कर्मचारी संघ, नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठले निजामती कर्मचारीहरुलाई भन्दा कम सेवा र सुविधा दिने गरी जारी गरिएको सो विभेदकारी अध्यादेशविरुद्ध आन्दोलन गर्नु परेको स्पष्ट पारे । उनले सो विधेयक तत्काल नसच्याए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

स्थानीय तहका कर्मचारीहरुले स्थानीय तहमा कार्यरत ज्यालादारी, करारमा रहेका कर्मचारीहरुलाई प्रक्रिया पु-याएर स्थायी गर्न पनि सरकारलाई दवाव दिँदै आएका छन् । उनीहरुले निजामती कर्मचारी सरह सेवा र सुविधाको व्यवस्था नगरेसम्म कर्मचारी समायोजना अध्यादेश मान्य नहुने स्पष्ट पार्दै एक हप्तायता कामकाज नै प्रभावित हुने गरी आन्दोलन सुरु गरेका हुन् ।

स्थानीय तहमा करिव २० हजारभन्दा कर्मचारीहरु रहेका छन् । उनीहरुको हितप्रतिकूल हुने गरी सो अध्यादेश ल्याएको भन्दै स्थानीय तहका कर्मचारीहरु सरकारप्रति आक्रोशित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);