अफ्रिकी मुलुकमा बेचिन लागेका १३ चेलीको भारतबाट उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अफ्रिकी मुलुकमा बेचिन लागेका १३ चेलीको भारतबाट उद्धार

काठमाडौं, १० पुस । भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागिएका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरी मंगलबार काठमाडौं ल्याइएको छ । नेपाली जनसम्पर्क समिति, भारतले भारतको यहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरि काठमाडौं ल्याएको हो ।

भारतस्थित नेपाली दुतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्धारी गरी काठमाडांै ल्याउन आफूहरु सफल भएको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुलाई जानकारी दिए ।

समितिले पछिल्लो एक महिनामा मात्रै भारतको विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेका ९१ जना चेलीहरुको उद्धार गरिएको दावी गरेको छ ।

ती चेलीहरुलाई उद्धार गर्नेक्रममा दलालहरुसँग नक्कली कागजपत्र समेत बरामद गरिएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले नेपाल सरकारसँग उनीहरुलाई कडा कार्वाही गर्न पनि माग गरे । नक्कली कागजपत्र बनाएर उनीहरुले ती चेलीहरुलाई अफ्रिकाको डान्सबारमा काम लगाई दिने प्रलोभनमा बेच्न लगेको अध्यक्ष पाण्डेले बताए ।

समितिले उद्धार गरी मंगलबार काठमाडौं ल्याइएका चेलीहरुको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरिने उनले बताए । समितिका अध्यक्ष पाण्डेले उद्धार गरिएका ती चेलीहरुको शिक्षा, बसोबास लगायतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

नेपाली चेलीहरु बेचबिखन कार्यमा संलग्न दलालहरुमाथि कार्वाही प्रक्रिया अघि बढाउन प्रहरीमा उजुरी दिने अध्यक्ष पाण्डेको तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);