१६ नेपाली महिलाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

१६ नेपाली महिलाको उद्धार

mahila uddar

काठमाडौं, १९ साउन । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आर्कषक रोजगारीका नाममा विभिन्न देशमा बेचिन लागेका १६ नेपाली महिलालाई उद्धार गरी घर पठाइसकेको जनाएको छ ।

दिल्ली महिला आयोगको सहयोगमा विभिन्न देशमा घरेलु कामदारका रूपमा पठाउन भन्दै भारतको दिल्लीका विभिन्न ठाउँमा बन्धक बनाएर राखिएका ती महिलालाई उद्धार गरी सीआईबीले बिहीबार नै उनीहरूलाई आ–आफ्नो घर पठाएको हो ।

सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता कृष्णहरि शर्माले उद्धार गरेर स्वदेश ल्याइएका १६ जना महिलासँगको प्रारम्भिक अनुसन्धानका क्रममा ती महिला स्वेच्छाले विदेशमा आकर्षक कमाउने प्रलोभनमा परेर त्यहाँसम्म पुगेको पाइएको जानकारी दिए।  उनका अनुसार उद्धार गरिएका ती महिलामध्ये अधिकांशलाई कुन देशमा के काम गर्न जान लागेको भन्ने नै जानकारी नभएको पाइयो ।

सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार ती महिलामध्ये पाँच जनाबाहेक अन्य सबै जना दोस्रो, तेस्रो र पाँचौँ पटक सोही प्रक्रियाबाट रोजगारीका लागि विदेश जान लागेको पाइयो ।

विदेशमा आर्कषक कमाइ हुने प्रलोभनमा परेर गएका ती महिलाको उमेर २२ देखि ४६ वर्ष रहेको छ । नेपालको दलालमार्फत भारतको दलालको निगरानीमा त्यस ठाउँमा राखिएको पनि सोही अनुसन्धानका क्रममा जानकारी भएको सीआईबीले जनाएको छ । ती महिला इलाम, झापा, सिन्धुपाल्चोक, वर्दिया जिल्लाको रहेको पनि सीआईबीले जनाएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);