शुरू भयो दरबार स्कुलको पुनर्निर्माण, सुरसार नै छैन रानीपोखरी | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

शुरू भयो दरबार स्कुलको पुनर्निर्माण, सुरसार नै छैन रानीपोखरी

ranipokhari

काठमाडौं, १९ साउन । रानीपोखरीको सामुन्नेमा रहेको दरबार हाइस्कुल पुनर्निर्माण शुरू भएको छ। दरबार हाइस्कुल अगाडि रहेको रानीपोखरी कहिलेबाट पुनर्निर्माण हुन्छ अत्तोपत्तो छैन।

सरकारको कमजोरीका कारण रानीपोखरी पुनर्निर्माण अझै अनिश्चित भएको छ। कहिले नेपाली सेनाले बनाउने त कहिले कामपाले भन्ने हल्लाले रानीपोखरी पुनर्निर्माण अनिश्चित भएको हो।

कामपाको स्वामित्वमा रहेको रानीपोखरी साउनमै बनाउने हल्ला थियो। तर ड्रइङ डिजाइन तयार नभएका कारण बनाउन नसकिएको बताउँदै आएको कामपाले भदौमा बल्ल टेन्डर खोल्ने तयारी गरेको छ।

विवादको घेरामा रहेको रानीपोखरी पुनर्निर्माण गर्नुअघि वल्र्ड वाइड कँडेल के एन्ड केजी जेभीले करिब ७ करोड रुपियाँमा टेन्डर पारेर २०७३ वैशाख १० देखि काम शुरू गरेको थियो।

मल्लकालीन संरचना रहेको रानीपोखरीमा कंक्रिट वाल लगाएर बिना अध्ययन रानीपोखरीको निर्माण गर्न थालेको भन्दै स्थानीयले विरोध जनाएका थिए। त्यसलगत्तै कामपाले सो कम्पनीसँग ठेक्का रद्द गरेको थियो।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

ताजा समाचार