रानीपोखरी पुनर्निर्माणको काम सुरु, २०७६ को तिहारसम्म सम्पन्न गर्ने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रानीपोखरी पुनर्निर्माणको काम सुरु, २०७६ को तिहारसम्म सम्पन्न गर्ने लक्ष्य

ranipokhari punarnirman

फूलमाया आले

काठमाडौं, २१ फागुन । निकै विवादित बन्दै आएको रानीपोखरीको प्रताप मल्लकालीन शैलीमा पुनर्निर्माण सुरु भएको छ । लामो समयसम्म विवादित बनेपछि रानीपोखरीको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको छ । प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो । प्राधिकरणले आगामी २०७६ सालको तिहारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ ।

लामो समय विवादमा अल्झिएको रानीपोखरीको सोमबारबाट पुनर्निर्माण सुरु भएको छ । विक्रम संवत २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण पूर्ण रुपमा क्षति भएको रानीपोखरीको राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते शिलान्याश गर्नुभएको थियो । तर शिलान्यास गरेको ३ वर्ष भन्दा बढी समय बितिसक्दा समेत रानीपोखरी पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन ।

रानीपोखरीको निर्माणको जिम्मा पाएको काडमाडौ महानगरपालिकाले २०७३ वैशाख १० गतेदेखि वल्र्डवाइड कँडेल केएन केजी जेभीलाई पुनर्निर्माणको काम शुरु गर्ने गरी जिम्मा दिएको थियो । तर निर्माणका क्रममा आधुनिक साम्रगीको प्रयोग गरेपछि विवादित बनेर काम रोकिएपछि गत माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत उक्त क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण गर्ने जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो ।

प्राधिकरणले रानीपोखरी लगायत उक्त क्षेत्रमा रहेका पुरातात्विक संरचनाको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण अगाडि बढाउन रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ । रानीपोखरीको पिँध एवं पर्खाल निर्माण उपभोक्ता समिति मार्फत र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण ठेकेदार कम्पनी मार्फत गर्ने भएकाले आगामी केही दिनमा ठेन्डर आह्वान गर्ने तयारीमा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण गरिने बताएको छ । त्यसैगरी पुरातत्व विभागले जिम्मा लिएर बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गरेपनि त्यसलाई भत्काएर प्राधिकरणले फेरी पुननिर्माण गर्ने भएको छ । बालगोपालेश्वर मन्दिर निर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीसँगको ठेक्का सम्झौता भङ्ग गरेर नयाँ टेन्डर प्रक्रियामा जाने प्राधिकरणले जनाएको छ । रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुननिर्माण लागत खर्च टेन्डर आह्वान गरेपछि मात्र सार्वजनिक गर्ने प्राधिकरणले बताएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले निर्माण व्यवसायी मार्फत् पोखरीको पुनर्निर्माण सुरु गरे पनि आधुनिक निर्माण साम्रगीको प्रयोग गरेपछि स्थानीय र पुरातत्व विदको विरोधपछि काम रोकिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);