काठमाडौं फिल्म फेस्टिभलले उपत्यकाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने कार्यवाहक प्रमुख डंगोलको विश्वास | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८३, आइतबार

काठमाडौं फिल्म फेस्टिभलले उपत्यकाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने कार्यवाहक प्रमुख डंगोलको विश्वास

काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘काठमाडौं फिल्म फेस्टिभल’ले काठमाडौं उपत्यकाको कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
चलचित्र महोत्सवको तेस्रो दिन आईतवार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले फिल्म महोत्सवले स्थानीय सिर्जनात्मक क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने बताउनु भयो । उहाँले महोत्सवमार्फत काठमाडौंका मौलिक कथा, कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । जीवन्त र समृद्ध शहर निर्माणका लागि कला, संस्कृति, सम्पदाको संरक्षण र सिर्जनात्मक क्षेत्रको विकास आवश्यक रहेको उहाँको भनाइ छ । डंगोलले सिर्जनात्मक क्षेत्रको विकासका लागि महानगरले विभिन्न प्रयास गर्दै आएको उल्लेख गर्दै फिल्म  फेस्टिभल समेत त्यसैको निरन्तरताको रुपमा लिएको बताउनु भयो ।

स्थानीय कलाकार तथा पेशाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विकास गर्न फिल्म फेस्टिभलको आयोजना गरेको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार