बाहिर जेसुकै भन्नुस्, नयाँ सरकार आएपछि पनि विदेशी लगानी आउन सकेको छैनः गगन थापा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८३, आइतबार

बाहिर जेसुकै भन्नुस्, नयाँ सरकार आएपछि पनि विदेशी लगानी आउन सकेको छैनः गगन थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको अर्थतन्त्र अत्यन्तै जटिल अवस्थामा पुगेको औँल्याउँदै सरकारले डर र त्रास देखाउनुको सट्टा विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार बोल्दै उहाँले आर्थिक सुधार र कानून निर्माणका लागि प्रमुख प्रतिपक्षी दल संसदमा चौबीसै घण्टा काम गर्न तयार रहेको स्पष्ट पार्नुभएको हो । थापाले वर्तमान समयमा मुलुकको पहिलो प्राथमिकता र चुनौती अर्थतन्त्र नै भएको उल्लेख गर्नुभयो । बैंकहरूमा पर्याप्त तरलता थुप्रिए पनि कर्जा प्रवाह नहुनु, विश्व बैंकको तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रमा ऋण असुलीको चर्को दबाब पर्नु र आन्तरिक तथा वाह्य लगानी खुम्चिनु गम्भीर चिन्ताको विषय भएको उहाँको भनाइ छ । पछिल्लो समय प्राकृतिक विपत्ति र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण सरकारी ढुकुटी दबाबमा परेको र महँगी अचाक्ली बढेको विश्लेषण गर्दै उहाँले सरकारले वास्तविक समस्या पहिचान गर्न नसकेको टिप्पणी गर्नुभयो ।
सरकारले सस्तो प्रचार र सामाजिक सञ्जालको वाहवाहीमा समय खेर फालेको आरोप लगाउँदै उहाँले अर्थतन्त्र सुधार्न अध्यादेशको बाटो रोज्न नपर्ने उल्लेख गर्नुभयो । प्रमुख प्रतिपक्षी दल जिम्मेवार ढंगले उभिन तयार रहेको जनाउनु भयो । उहाँले नेतृत्वले स्टन्टबाजी छाडेर जनता र व्यवसायीमा आत्मविश्वास जगाउने ठोस योजना अघि सार्नुपर्ने माग गर्नुभयो ।

Leave a Reply

ताजा समाचार