पहिलो पटक आफ्नै साख निर्धारण गर्दै नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पहिलो पटक आफ्नै साख निर्धारण गर्दै नेपाल

  • नेपालको साख निर्धारणको काम पर धकेलियो
  • कोभिडको कारण देखाउँदै रेटिंग कम्पनी फिचले रेटिंगको काम हाललाई स्थगित गरेको छ

काठमाडौं, २६ मंसिर । कोभिडकोकारण देखाउँदै नेपालको क्रेडिट रेटिंग अर्थात् साख निर्धारणको काम हाललाई स्थगित गरिएको छ । ६ महिनाभित्रै क्रेडिट रेटिंगको काम सिध्याउने गरि सरकारबाट कामको जिम्मा पाएको अन्तर्राष्ट्रिय क्रेडिट रेटिंग कम्पनी ‘फिच’ ले मुलुकको कारण समग्र अर्थतन्त्र पहिलाको जस्तो सामान्य नभएकाले अवस्था सामान्य नभएसम्मलाई क्रेडिट रेटिङको कार्य स्थगन गरेको हो ।

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनिको संयोजकत्वमा गठित रेटिङ ओभरसाइट कमिटीले विभिन्न छलफल, अध्ययन गरेर गत बर्ष नै फिचलाई नेपालको रेटिङ गर्ने जिम्मा दिएको थियो । मुलतः विदेशी लगानी भित्र्याउन सहज नभईरहेको वर्तमान स्थितीमा वाह्य लगानी भित्र्याउन पनि सहज हुने ठानेर देशको साख निर्धारण हुनु पर्ने सरोकारवालाहरुको माग आउन थालेपछि सरकारले यो प्रथा शुरु गरेको हो । देशको रेटिङले अन्तरराष्ट्रिय बजारबाट ऋण ल्याउन र ऋणपत्र विक्री गर्न सहज गर्ने आधार तयार गर्ने पुडासैनि कमिटीको भनाई रहेको छ ।

यसरी देशको साख निर्धारण गर्दा,मुलुकभित्र भएको आर्थिक क्रियाकलापको तथ्यांक, आर्थिक समृद्धिको अवस्था, मुलुकको अर्काे देशसँगको व्यवहार र लेनदेन गर्दा गरिएको भुक्तानी लगायत विषयलाई समेत विश्लेषण गर्ने गरिन्छ । नेपालले पहिलो पटक देशको रेटिंग गर्ने अभ्यास गरेको हो ।

अन्तर्राष्ट्रिय स्तरमा सार्वभौम रेटिङले देशको वास्तविक अवस्थाको चित्रण गर्न सहयोग पु¥याउने विज्ञहरू बताउँछन् । यस्तो खाले रेटिङले मुलुकमा लगानी गर्दा जोखिम निर्धारण गर्छ । साथै, यसले देशको साख निर्धारण गर्नुका साथै जोखिमको स्तर निर्धारणसमेत गर्छ । नेपालमा पटकपटक लगानी सम्मेलन भए । हरेक सम्मेलनमा लगानी प्रतिबद्धताको ओइरो लागे पनि प्रतिबद्धताअनुसार लगानी भने भित्रिएन । गत आवमा भएको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरूको मुख्य प्रश्न नै ‘नेपालको रेटिङ खोइ ?’ भन्ने थियो ।

अन्तर्राष्ट्रिय स्तरमा मुडिज, फिच र स्ट्यान्डर्ड एन्ड पुअर्स रेटिङ एजेन्सीले ‘मुलुकको साख निर्धारण’ गर्दै आएकोमा नेपालले तिनिहरु मध्येबाटै फिच कम्पनीलाई छनोट गरेको थियो । राजस्व सचिव पुडासैनीको संयोजकत्वमा गठित रेटिंग कम्पनी छनौट कमिटीका सदस्यहरूमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटी, बीमा समितिका अध्यक्ष, धितोपत्र बोर्डका अध्यक्ष र केन्द्रीय तथ्यांक विभागका प्रमुख छन् । साथै, परामर्शदाताका रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिंगापुर रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);