आईपीओको पाइप लाइनमा २३ कम्पनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आईपीओको पाइप लाइनमा २३ कम्पनी

IPO

काठमाडौं, ९ पुस । साधारण शेयर जारी गर्न हाल २३ ओटा कम्पनी नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छन् ।

यी कम्पनीले कुल रू. ३९ करोड १७ लाखबराबरका ३ करोड ९१ लाख कित्ता शेयर जारी गर्न लागेका हुन् । यीमध्ये १६ जलविद्युत् कम्पनी, ५ लघुवित्त, एक लगानी कम्पनी र एक मर्चेण्ट बैंक छन् । यो समाचार आजको अभियान दैनिकमा छ ।

अधिकांश कम्पनीले बोर्डलाई आवश्यक विवरण समयमै नबुझाएका कारण प्रक्रिया रोकिएको देखिन्छ । पाइप लाइनमा रहेकामध्ये १६ कम्पनीको क्रेडिट रेटिङ भइसकेको छ र ती सबैको रेटिङ ४ भन्दा बढी छ । केही दिनपहिले लगानीकर्ताले रेटिङ संस्थाबाट ग्रेड ४ र ५ रेटिङ प्राप्त गरेका कम्पनीलाई आईपीओ जारी गर्न रोक लगाउनुपर्ने माग गरेका थिए । सो अनुसार रेटिङ भएमा १६ ओटै कम्पनीले स्वीकृति नपाउने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);