एनएमबि, मिर्मिरे र स्वावलम्बन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एनएमबि, मिर्मिरे र स्वावलम्बन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

dividends

काठमाडौं, ९ पुस । एनएमबि बैंक, मिर्मिरे लघुवित्त वित्तीय संस्था र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले साधारण सभामा प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

तीनओटै कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएका छन् । यसको आधारमा पुस ९ गतेसम्म सम्बन्धित कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

एनएमबि बैंकले पुस २६ गते २३ औं वार्षिक साधारण सभाको आयोजना गर्दैछ । सो सभा आर्मी अफिसर्स क्लव, भद्रकालीमा बिहान ११ बजे शुरु हुनेछ । बैंकले सभामा १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पुस २१ गते आठौं वार्षिक साधारण सभाको आयोजना गर्दैछ । सो सभा मिराबल रिर्सोट एण्ड होटल, धुलिखेल, काभ्रेपलान्चोकमा मध्यान्ह साढे १२ बजे शुरु हुनेछ । कम्पनीले सभामा २४ प्रतिशत बोनस शेयर र १ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । साथै, सभामा कार्यक्षेत्र विस्तार लगायतका प्रस्तावहरूमा पनि छलफल हुनेछ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले पुस २६ गते १७ औं वार्षिक साधारण सभाको आयोजना गर्दैछ । सो सभा अम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा बिहान साढे १० बजे शुरु हुनेछ । कम्पनीले सभामा २५ प्रतिशत बोनस शेयर र ११ दशमलव ८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ । यो समाचार आजको अभियान दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);