मेयरले बेथिति र भ्रष्टाचार भित्र्याएपछि बन्द हुने अवस्थामा कोरिया नेपाल मैत्री अस्पताल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

मेयरले बेथिति र भ्रष्टाचार भित्र्याएपछि बन्द हुने अवस्थामा कोरिया नेपाल मैत्री अस्पताल

korea-hospital

काठमाडौं, ९ पुस । जनप्रतिनिधी आएपछि मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित कोरिया मैत्री अस्पतालमा मेयर मदन सुन्दर श्रेष्ठले बेथिति र भ्रष्टाचार भित्र्याएका छन् ।

कोरिया सरकारको सहयोगमा संचालन हुदै आएको यो अस्पतालमा मेयर श्रेष्ठ पसेपछि भ्रष्टाचारको अखडाको रुपमा परिणत भएको छ ।

कार्यकर्ता भर्तीकेन्द्र, भ्रष्टाचार र बेथितिले अस्पताल आफै थला परेको अस्पतालका कर्मचारीले गुनासो गरेका छन् । काँग्रेसका नेताहरुसंग मिलेमतो गरेर मेयर श्रेष्ठले अस्पताल ध्वस्त बनाउदा तीन महिनादेखि डाक्टरले तलब समेत खान नपाएको गुनासो गरेका छन् ।

मन्त्रालय एवं स्वास्थ्य सेवा विभागमा अहिलेसम्म पनि कोरिया नेपाल मैत्री अस्पतालको नाम रहे पनि मेयरले काम गरेको देखाउन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नाम राखेर बोर्ड समेत राखेर र लेटरप्याड समेत त्यही बनाएपछि अन्य निकायबाट आउने सहयोग र मन्त्रालयबाट आउने स्थानीय विकास मन्त्रालयबाट आउने बार्षिक बजेट समेत रोकिएको छ । मन्त्रालयले जनप्रतिनिधी आएपछि बजेट पठाउनै छाडेको कर्मचारीको भनाई छ ।

मेयर मदन सुन्दरले आफ्ना नातेदार पर्ने पाटन अस्पतालका आईसियू इन्चार्ज रहेका ज्ञानकृष्ण कायस्थलाई अस्पतालको कार्यकारी निर्देशक नै बनाएर आर्थिक कारोबारको गर्ने गरि चेकमा हस्ताक्षर गर्न अधिकार दिएपछि अस्पतालमा व्यापक भ्रष्टाचार भएको रहस्य बाहिर आएको छ । अस्पतालमा हप्तामा एक वा दुई दिन केही घण्टाका लागि आउने कायस्थ अस्पतालमा कार्यकारी भएरै छिरेपछि काठमाण्र्डौ युनिभर्सिटी धुलिखेलमा भ्रष्टाचार गरेर लखेटिएर पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान (कलेज) मा प्रशासन प्रमुखका रुपमा रहेका प्रकाश खड्कालाई कायस्थले भित्र्याएपछि अस्पतालमा ब्रम्हलुट मच्चिएको छ । याे खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);