भक्तपुरमा कोरोना भाइरसको परीक्षण शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुरमा कोरोना भाइरसको परीक्षण शुरु

coronavirus test

भक्तपुर, २१ चैत । भक्तपुरमा पहिलो पटक कोरोना भाइरस संक्रमणको परीक्षण शुरु गरिएको छ । मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षण शुरु गरिएको हो ।

नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा आज ३५ जनाको परीक्षण गरिंदै छ । अस्पतालमा १० शैयाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ भने भाडामा लिइएको घरमा पोलिमराइज चेन रिएक्सन पिसीआर मशिनसहितको ल्याब सञ्चालनमा ल्याइएको छ ।

अस्पतालले अहिले २६ जना चिकित्सक र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको छ । यसअघि पाकिस्तानबाट फर्किएका एक जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए ।

उनले नगरपालिकाले कोरोना भाइरसको परीक्षण गर्ने ल्याब, एम्बुलेन्स,आइसोलेसन वार्डदेखि क्यारेन्टाइनसम्म सबै तयारी अवस्थामा राखेको जानकारी दिए ।

पछिल्लो समय नगरमा विदेशबाट फर्किका ६५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);